संगालोखबर


विराटनगर । विराटनगरबाट १० लाख मूल्य बराबरको तस्करीको कपडा बरामद भएको छ । भाडाको घरमा गोदाम बनाएर अवैध रूपमा भन्सार छलेर ल्याइएको कपडा प्रहरीले बरामद गरेको हो ।

विराटनगर-२ कमल पोखरी टोलमा बद्री ढकालको घरमा कोठा भाडा लिएर विराटनगर-१५ का आनन्द कुमार साहले तस्करीको कपडा राखेको गोप्य सूचना प्रहरीले पाएको थियो ।

Advertisement

सोही आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले छापा हानेको थियो । कोठामा राखिएको अवस्थामा पाँच सय ३० थान कुर्था सुरुवाल, एक सय ८२ थान उनिको  कुर्था, एक सय ३५ थान नाइट गाउन कुर्था सुरुवाल, ५२ थान भेल्भेट कुर्था सुरुवाल बरामद गरिएको प्रहरीले जनाएको छ ।

उक्त कपडा १० लाख ६ हजार मूल्य बराबरको रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी वेद प्रकाश जोशीले बताए ।  बरामद कपडा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि भन्सार कार्यालय रानीमा पठाइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!