धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले दुई दिन स्थानीय बिदा दिएको छ । गत कात्तिक १३ गतेको कार्यपालिका बैठकले निर्णय गरे अनुसार दुई दिन बिदा दिइएको हो ।
प्रमुख प्रशासकीय अधिकृत नविन कार्कीद्वारा जारी सूचनामा मंसिर ९ र १० गते स्थानीय बिदा दिएको जनाइएको छ ।
सूचनामा भनिएको छ, ‘आँखिसल्ला, खोकु र छिन्ताङमा बसोबास गर्ने राई समुदायले विशेष रूपमा मनाउने ‘वाढाङ्गमी’ को अवसरमा स्थानीय बिदा दिइएको हो ।’