संगालोखबर


विराटनगर । विराटनगर-८ स्थित सुशिक्षा निकेतनमा मन्टेश्वरीका लागि भौतिक संरचना निर्माण हुने भएको छ । जसका लागि त्रिपक्षीय सम्झौता भएको छ । 
आज विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको उपस्थितिमा विराटनगर-८, विद्यालय र राउन्ड टेबल-५ बीच सम्झौता भएको हो । 

वडाध्यक्ष राम पोखरेल, विद्यालयका प्रधानाध्यापक चित्र पोखरेल र राउन्ड टेबलका तर्फबाट अध्यक्ष पीयूष लुनिया र सचिव राजन भगतले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । 

Advertisement

भौतिक संरचना निर्माणमा १५ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । जसमा वडाले २५ प्रतिशत र बाँकी राउन्ड टेबलले व्यहोर्ने सम्झौता भएको हो । एक महिनाभित्रमा निर्माण सम्पन्न गरेर संरचना वडालाई हस्तान्तरण गरिने   राउन्ड टेबलका अध्यक्ष लुनियाले बताए ।

राउन्ड टेवलले सो विद्यालयको बगैँचा निर्माण र रङ्गरोगनसमेत गर्नेछ । वडाध्यक्ष राम पोखरेलले अन्य विद्यालयमा पनि मन्टेश्वरी सञ्चालन, शौचालय, पार्क निर्माणलगायतका विषयमा साझेदारी गर्ने योजना रहेको बताए । 

विद्यालयका १२ जना विद्यार्थीलाई काठमाडौं घुमाउने योजना रहेको राउन्ड टेबलका सचिव भगतले जानकारी दिए । 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!