संगालोखबर
तस्वीर: मनोज अधिकारी

धनकुटा । धनकुटा नगरपालिका-९ मुलघाट नजिक माइक्रोबस दुर्घटना भएको छ । तेह्रथुमबाट धरान जाँदै गरेको प्रदेश नं.१ ०२ ००१ ज ४५३५ नम्बरको विद्युतीय माइक्रोबस आज बिहान करिब १०ः३० बजे मुलघाट मास्तिर चारगोलाइमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी दुई जना घाइते भएका छन् । उनीहरूको पहिचान खुल्न बाँकी छ । घाइतेहरूलाई उद्धार गरेर उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको धनकुटाका प्रहरी निरीक्षक विष्णु खड्काले जानकारी दिए ।

Advertisement

‘गाडीमा एक जना पुरुष र एक जना माइला गरी दुई जना मात्र सवार हुनुहुँदो रहेछ,’ प्रहरी निरीक्षक खड्काले संगालोखबरसँग भने, ‘मान्छे धेरै नभएकाले पनि मानवीय क्षति कम भयो ।’

दुर्घटनाको यकिन कारण खुलेको छैन । माइक्रो अनियन्त्रित भएर सडकमा पल्टिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!