इनरुवा। सुनसरीका देवनन्दन मेहताको हत्या गरेर फरार एक अभियुक्तलाई १० वर्षपछि पक्राउ गरेर शुक्रबार सार्वजनिक गरिएको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालय सुनसरीले साविक कप्तानगञ्ज गाविस–६ का मेहताको हत्या गरेर फरार रहेका तीन अभियुक्तमध्ये भारत, अररिया जिल्ला नवागञ्ज गाउँ पञ्चायत कोसकापुरका अल्लाउदिन मियाँलाई पक्राउ गरिएको सुनसरीका प्रहरी उपरीक्षक विद्यानन्द माझीले जानकारी दिए।

सीमामा लुकीछिपी 
मियाँलाई २०६५ साल कात्तिक ९ गते मेहतालाई गोली हानेर हत्या गरी फरार भएको अभियोग लगाइएको छ । प्रहरीले खोजअनुसन्धान जारी राखेका बेला जिप्रका सुनसरी र इप्रका देवानगञ्जको टोलीले सीमामा लुकीछिपी बस्दै आएका मियाँलाई पक्राउ गरेको हो ।

अनुसन्धान जारी
अभियुक्त मियाँलाई सुनसरी जिल्ला अदालतबाट कानूनअनुसार म्याद थप गरी अनुसन्धान जारी छ । माझीले अभियुक्त मियाँ हत्यामा संलग्न रहेको पुष्टि भएको र थप फरार पाचु मियाँ र कमाल मियाँको पनि खोजी भइरहेको बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!