संगालोखबर
सांकेतिक तस्वीर

काठमाडौँ । क्यानाडा पठाइदिने भन्दै सामाजिक सञ्जालमार्फत प्रलोभनमा पारेर लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा झापाका एक युवक पक्राउ परेका छन् ।

झापाको बिर्तामोड नगरपालिका–९ घर भई ललितपुरको चाङथली बस्ने २३ वर्षीय पुरुषोत्तम भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले काठमाडौँको कोटेश्वरबाट पक्राउ गरेको हो ।

Advertisement

प्रहरीका अनुसार भण्डारीले क्यानाडा लैजाने भनेर प्रलोभनमा पारेर विभिन्न व्यक्तिका नाममा भएका बैङ्क खाताहरूमा पटकपटक गरी ८४ लाख १५ हजार ६२५ रुपैयाँ पठाउन लगाएर ठगी गरेका छन् ।

पक्राउपछि उनलाई ठगीसम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!