झापा, २६ भदौ । झापाको दमक नगरपालिका–५ मा छोराले खुकुरी प्रहार गर्दा आमा घाइते भएकी छन ।
२४ बर्षीय छोरा शिव कुमार सतारले आइतबार अपरान्ह ४ बजेतिर आफ्नै आमा ३८ बर्षीया रेखा सतारलाई खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार स्थानीय १८ बर्षीय दिनेश भुजेलसंग लेनदेनको विषयमा झगडा हुँदा आमाले छुटाउँने क्रममा शिवले आमामाथि नै खुकुरी प्रहार गरेका हुन् ।
खुकुरी प्रहारबाट घाइते रेखाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरेहको छ । खुकुरी प्रहार गर्ने शिव फरार छन ।
उनको खोजी भईरहेको इलाका प्रहरी कार्यालय दमकको स्रोत उदृत गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।