सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । परम्परागत रुपमा खेलिने रैथाने खेल लोप हुँदै गएपछि यसको संरक्षणमा धनकुटाको कोप्चेका बासिन्दा जुटेका छन् । रैथाने खेल हराउँदै जाँदा सामूहिक सद्भाव र मेलमिलापको भावनामा समेत ह्रास हुँदै गएको भन्दै उनीहरु संरक्षणमा जुटेका हुन् ।

Advertisement

धनकुटा नगरपालिका–५, कोप्चेमा रहेको सामाजिक विकासका लागि युवाहरुको प्रयास नामक संस्था रैथाने खेल संरक्षणमा लागिपरेको हा् । अहिलेका बालबालिका तथा किशोरकिशोरी इन्टरनेटबाट खेलिने शारीरिक अभ्यासबिनाका खेलमा बानी पर्न थालेका छन् । धेरैलाई यसको लत नै बस्न थालेको भनेर चिन्ता पनि व्याप्त भएको छ । त्यसैले सिर्जनात्मक र सामूहिक सद्भाव बढाउन परम्परागत खेलको जगेर्ना गर्ने प्रयास भएको हो ।

सामूहिक सद्भाव र मेलमिलापको भावनामा ह्रास आएको पाइएपछि रैथाने खेल संरक्षणमा लागेको संस्थाका अध्यक्ष रिजन पोख्रेलले जानकारी दिए । अधिकांश रैथाने खेल वातावरणमैत्री र मितव्ययी हुने तथा गाउँघरमै उपलब्ध सामग्री प्रयोग गरी खेलिन्छ । त्यस्ता रैथाने खेलमा आर्थिक भार नपर्ने, शारीरिक र मानसिक विकास पनि हुने साथै मनोरञ्जन पनि पर्याप्त लिन सकिने भएकाले संरक्षणमा लागेको उनको भनाइ छ ।

सामान्यतया परम्परागत रैथाने खेल ऋतु विशेषमा खेलिने गरिन्छ । कपितय बाह्रै मास खेल्ने खालका पनि खेल हुन्छन् । त्यस्ता खेलको ठाउँ विशेष भिन्नभिन्न नाम रहेको पाइन्छ । बाघचाल, लुँडो, चेस, डोरी नाघी जस्ता खेलको संरक्षण सुरु गरिएको छ । सोच्ने शक्ति बढाउने खेल मानिने ‘बाघचाल, लुँडो र चेस हुन् भने शारीरिक कसरत हुने डोरी नाघी खेल हो ।

धनकुटामा साप्ताहिक रुपमा लाग्दै आएको बिहीबारे हाटलाई बहुउपयोगी बनाउन र इन्टरनेटमा व्यस्त हुने अहिलेका पुस्तालाई घरबाहिर निकालेर पुरानो खेल सिकाउन यो अभियान थालिएको स्थानीय गोविन्द राईले बताए । अहिलेका पुस्ता रैथाने खेलको बारेमा अनभिज्ञ रहेको र इन्टरनेटको माध्यमबाट खेलिने पब्जी, फ्री फायर लगायतका खेल खेल्न मात्रै खेल्ने गरेको भन्दै उनले त्यस्ता खेलको लतले नराम्रो असर पर्ने उनले बताए ।

त्यसो त राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ ले खेलकुद शब्दलाई परिभाषित गर्ने क्रममा परम्परागत खेललाई समेत समेटेको छ । तर तिनको संरक्षण र विस्तारबारे चासो नदिएको पाइन्छ । रैथाने खेलको संरक्षण र विस्तारका लागि स्थानीय तहहरुले पनि चासो राख्नुपर्ने सरोकारवालाको भनाइ छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!