Sangalo Khabar

धनकुटा, २० भदौ । नेपाल कम्युनिस्ट पार्टीले सप्तकोशी उच्च वाँध सम्झौताको बिरोध गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले हालै भारत भ्रमणका क्रममा सप्तकोशी उच्च वाँध सम्बन्धी ‘राष्ट्रघाती’ सम्झौता गरेको भन्दै नेकपाले बिरोध जनाएको हो ।

सम्झौताको बिरोधमा धनकुटासहित पूर्वका बिभिन्न जिल्लामा पर्चा बाढेर जनतालाई जानकारी गराउँने काम जारी राखिएको नेकपाका कोशी ब्यूरो सदस्य एवं धनकुटा जिल्ला ईन्चार्ज माधव गौतम ‘आकाश’ ले संगालोखबरलाई जानकारी दिए ।

Advertisement

उनका अनुसार सम्झौता खारेजको माग गर्दै भदौ २२ गते धरानमा जनप्रदर्शन तथा बिरोध सभासमेत आयोजना गरिएको छ ।

प्रधानमन्त्री देउवा भारत भ्रमणका क्रममा जारी गरिएको संयुक्त बिज्ञप्तीको २८ नम्बर वुँदामा ‘सप्तकोशी उच्च वाँध र सुनकोशी डाइभर्सन निर्माण गर्न दुवै सरकारले तिव्रता दिने’ उल्लेख छ ।

नेकपाले धनकुटामा गरेको प्रदर्शन । फाईल तस्वीर

नेकपाले यो संझौतालाई राष्ट्रघातको संज्ञा दिदै पूर्वी पहाडी जिल्लालाई तालमा परिणत गराएर भारतमा पानी र बिधुत लैजाने भारतीय योजना पुरा गर्न खोजिएको उल्लेख गरेको छ ।

‘उच्च वाँध निर्माण हुँदा नेपालमा डुवान, बिस्थापन, जोखिम र क्षति ब्यहोर्नु पर्छ ।’ नेकपाका धनकुटा ईन्चार्ज आकाशले संगालोखबरसँग भने ‘उच्च वाँध बनेपछि भारतले बाढी नियन्त्रण, सिंचाई, खानेपानी र बिधुत उत्पादन गरी एकलौटी फाईदा उठाउँछ ।’

नेपाल र नेपालीको अहितमा ‘राष्ट्रघाती’ सम्झौता गरिएकाले बिरोध गर्नुपरेको उनले बताए ।

उच्च वाँधका कारण नेपाली भूमिमा भारतीय सेना परेड खेल्न वाटो खुल्ने र नेपाल बिस्तारै सिक्किमिकरण हुन्ने भएकाले सम्झौताको बिरोधमा उत्रन नेकपाले सवैमा आवहन पनि गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement