रबिन कटेल/संगालोखबर

धनकुटा । प्रदेश सभा धनकुटा क्षेत्र नं.१ बाट नेकपा एमालेका उम्मेद्वार निरन राई निर्वाचित भएका छन् । एमाले धनकुटाका सचिवसमेत रहेका राई ६ हजार ७ सय ९२ मतान्तरसहित प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् ।

Advertisement

राईले १७ हजार १८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष अर्जुन राईले १० हजार २ सय २६ मत पाएका छन् । जनता समाजवादीका रकम चेम्जोङले ८ हजार २ सय ४७ मत ल्याएका छन् । सुरुवातदेखिनै अग्रता लिएका एमाले उम्मेद्वार राईले मतान्तर फराकिलो बनाउँदै जित हासिल गरेका हुन् ।

उनी सो क्षेत्रबाट दोस्रो पटक प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् । २०७४ सालको प्रदेश सभा निर्वाचनमा कांग्रेसका मनोहर नारायण श्रेष्ठलाई ६ हजार ६ सय ४६ मतान्तरले पराजित गर्दै २० हजार ८८ मतसहित राई प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।

यो पनि हेर्नुहोस्…

धनकुटाबाट एमालेका राजेन्द्र राई बिजयी

 

धनकुटा क्षेत्र नं.२ मा ४५ सय मतान्तरसहित एमालेका इन्द्रमणी पराजुली निर्वाचित

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement