रबिन कटेल

धनकुटा । नेकपा एमालेका उम्मेदवारहरूले आज धनकुटा नगरपालिका–५ मा चुनावी घरदैलो गरेका छन् । प्रतिनिधि सभा सदस्यका उम्मेद्वार राजेन्द्र राईसहित प्रदेश सभा सदस्यका समानुपातिक उम्मेद्वार शिव आङ्ला र मनकुमारी तितुङको टोलीले चुनावी घरदैलो गरेको हो ।

Advertisement

उम्मेद्वार राई दिउँसो पाख्रीवासको चुनावी कार्यक्रममा थिए । त्यहाँबाट फर्किएपछि साँझ धनकुटा–५ तल्लो कोप्चे, माथ्लो कोप्चे र बिहिबारे हटिया आसपास क्षेत्रमा घरदैलो गरिएको हो । सो अवसरमा उम्मेद्वार राईले मतदाताहरूको घरमा पुगेर फुलको गुच्छा दिदैँ आफूलाई सघाउन आग्रह गरेका छन् । आफूले धनकुटाको विकासका लागि धेरै कामको थालनी गरेको र ती कामहरूलाई पुरा गर्दै जिल्लाको समग्र विकासलाई गति दिनका लागि सूर्य चिन्हमा मतदान गर्न राईले मतदाताहरुलाई आग्रह गरे ।

उम्मेद्वारहरुसँग त्यहाँका जनताले तत्लोकोप्चे र माथ्लो कोप्चे क्षेत्र ओझेलमा परेको भन्दै सो क्षेत्रको विकासमा ध्यान दिन सुझाव दिएका छन् । सो अवसरमा उम्मेद्वार राईले आफूले चुनाव जितेपछि सो क्षेत्रको सडकलाई लक्षित गर्दै बिहीबार हटिया नजिक बसपार्क बनाउने प्रतिवद्धता जनाएका छन् । राईको प्रतिवद्धतापछि सो क्षेत्रका मतदाताहरू उत्साहित बनेका छन् । बसपार्क बनेपछि सो क्षेत्रको चहलपहल बढ्ने र त्यहाँको विकासले गति लिने राईले बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement