संगालोखबर सम्वाददाता

सुर्खेत । कर्णाली राजमार्गअन्तर्गत दैलेखको आठविस नगरपालिका २ सिस्नेमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । ३९ जना घाइते छन् । मुगुबाट नेपालगन्जतर्फ जाँदै गरेको म १ ख ६६० नम्बरको बस बुधवार साँझ कर्णाली राजमार्गमा दुर्घटनामा भएको हो ।

Advertisement

दुर्घटनामा दैलेखको दुल्लु नगरपालिका–९ का ३६ वर्षीय काशीराम पाण्डे र सोही ठाउँका ३२ वर्षीय प्रेम सुनार, कालिकोटको पलाता गाउँपालिका–३ का ज्ञानबहादुर बम र धनकला शाहीको मृत्यु भएको दैलेखका प्रहरी प्रमुख भुवनेश्वर प्रसाद शाहले जानकारी दिए ।

दुर्घटनामा ३९ जना घाइते भएका छन् । रातिको समयमा बस दुर्घटना भएकाले अझै घटनाको पुरा विवरण आईनसकेको प्रहरी प्रमुख शाहले बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!