संगालोखबर सम्वाददाता

धनकुटा । बैशाख ३० गते हुँने स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले धनकुटाको सहिदभूमि गाउँपालिका वडा नं.७ साप्तिङटारमा चुनावी सभा गरेको छ । एमालेको पक्षमा जनमत सृजना गर्दै पार्टीको चुनावी घोषणा पत्र सार्वजनिक गर्न सभा गरिएको हो ।

Advertisement

कार्यक्रममा सहिदभूमि वडा नं.७ को चुनावी घोषणा पत्र सार्वजनिक गरियो । एमालेका प्रदेश कमिटी सदस्य प्रकाश राई, जिल्ला सचिव निरन राई, एमालेका तर्फबाट सहिदभूमि गाउँपालिका अध्यक्षका उम्मेदवार मनोज राई, ७ नं. वडाध्यक्षका उम्मेद्वार बमबहादुर राई लगायतले संयुक्त रुपमा वडाको घोषणापत्र सार्वजनिक गरे ।

सभा अघि साप्तिङटारमा वृहत् र्याली निकालिएको थियो । साप्तिङटारका विभिन्न ठाउँको परिक्रमा पश्चात र्याली सभामा परिणात भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै एमाले जिल्ला सचिव निरन राईले सहिदभूमिमा एमालेको नेतृत्वमा भएको विकास निर्माण र जनताको विश्वासका कारण एमालेले चुनाव जित्ने निश्चित रहेको दावी गरे । उनले गठबन्धनलाई परास्त गर्दै एमालेले फेरी पनि धनकुटा क्लिन स्वीप गर्ने जिकिर गरे ।

गाउँपालिका अध्यक्षका उम्मेदवार मनोज राईले एमालेकै नेतृत्वमा सहिदभूमिको दिगो विकास हुँने भएकाले सहिदभूमिबासीले फेरी पनि एमालेलाई अत्यधिक मतले विजयी गराउँने विश्वास व्यक्त गरे ।

कार्यक्रममा एमाले सहिदभूमि गाउँ कमिटी अध्यक्ष निरबहादुर राई, गाउँपालिका उपाध्यक्षका उम्मेदवार रत्नश्वरी राई, वडा अध्यक्षका उम्मेद्वार बमबहादुर राई लगायतले सहिदभूमिको विकासका लागि सूर्य चिन्हमा मतदान गरी एमालेलाई जिताउँन सबैमा आग्रह गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!