संगालोखबर संवाददाता

एजेन्सी। लिभरपुलले बायर्न म्युनिखलाई पराजित गर्दै अडी कपको फाइनलमा प्रवेश गरेको छ । लिभरपुलले उत्कृष्ट खेल प्रदर्शन गर्दै जर्मन च्याम्पियनलाई ३–० गोलअन्तरले पराजित गरेको हो ।

Advertisement

लिभपुलको जीतमा साडियो माने, मोहमद शालाह र ड्यानीयल स्टरिजले गोल गरे ।

मानेले खेलको रोर्बटो फर्मिन्होको पासमा खेलको छैटौँ मिनेटमा नै गोल गरेका थिए । भने उनले शलाहका लागि गोलको अवसर सृजना गरेका थिए ।

यद्यपि, खेलमा स्टरिज घाइते हुँदै मैदान छाड्न परेको थियो । २७ वर्षीय इंग्लिस स्ट्राइकरले मैदान प्रवेश गरेको १५ मिनेटभित्र नै गोल गरेका थिए ।

तर, लगत्तै उनी घाइते भएका थिए र खेलको ८७ औँ मिनेटमा सब्सिटिच्युड गरिएका थिए ।

लिभरपुलका प्रशिक्षक जर्गन क्लपले उनको अवस्था चिन्तानजनक नहोस् भनेर आशा गरेको बताएका छन् ।

स्टरिज बारम्बार चोटको समस्याबाट गुज्रिरहनु परेको छ । जसका कारण उनले पछिल्ला ३ सिजनमा मात्र ४६ खेल खेलेका छन् ।

लिभरपुलले अब फाइनलमा एथ्लेटिको म्याड्रिडको सामना गर्नेछ ।

आफ्नो प्रिसिजन खेलहरुमा लिभरपुल हालसम्म अपराजित रहेको छ । त्यसपछि अन्तिम मैत्रिपूर्ण खेलमा लिभरपुल एथ्लेटिक बिल्बाओसँग शनिबार भिड्ने छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement