सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । जिल्ला कफी व्यवसायी संघले बुधबार १७ औं राष्ट्रिय कफी दिवस मनाएको छ । दिवसको अवसरमा संघले शुभकामना तथा कफी किसान र सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम गरेको हो ।

Advertisement

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख टंक चुवानले कफी खेतिबाट मनग्य आम्दानी गर्न सकिने भएकाले यसको व्यावसायिक खेति विकासमा लाग्नुपर्ने बताए । उनले कफी किसानहरुलाई प्रोत्साहन र व्यवसायीक रुपमा कफी खेतिका लागि स्थानीय तहहरुले सहयोग गर्ने उल्लेख गरे ।

कार्यक्रममा राष्ट्रिय चिया तथा कफी बिकास बोर्डका प्रमुख विष्णु कुमार मिश्र, प्रविधिक रविन कोईराला, कफी व्यवसायी तथा नेपाली कांग्रेसका नेता आनन्द सन्तोषी राई, जिल्ला कफी व्यावसायी संघका सल्लाहकार युबराज दर्नाल, हुसाडेक नेपालका प्रमुख गिता अधिकारी, गैर सरकारी संस्था महासंघका अध्यक्ष सरोज भुजेल, जिल्ला कफी व्यवसायी संघका उपाध्यक्ष गुरुप्रसाद लिम्बू, कोषाध्यक्ष सिमा राई, पर्डेप नेपालका गणेश न्यौपाने लगायतले कफी दिवसको शुभकामना व्यक्त गरे ।

समुन्द्र सतहबाट ८ सय मिटरदेखि १४ सय मिटरसम्म कफी खेति हुने गर्छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!