गोमा ढुंगाना/संगालोखबर
बन्दमा धनकुटा बसपार्क । तस्वीर:सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आव्हान गरेको बन्दका कारण आज धनकुटाको जनजीवन आंशिक रुपमा प्रभावित भएको छ । नेपाल आयल निगमले पेट्रालियम पदार्थमा अस्वभाविक रुपमा मूल्य बृद्धि गरेर जनतालाई मार पारेको भन्दै त्यसको विरोधमा नेकपाले एक दिने बन्द आव्हान गरेको हो ।

बन्दका कारण शिक्षण संस्था खुलेका छैनन् । लामो तथा छुटो दुरीका सवारी साधान आंशिक रुपमा मात्र सञ्चालन भइरहेका छन् । एम्बुलेन्स, प्रेस, दुध तथा तरकारी बोक्ने गाडी सञ्चालन भइरहेका छन् । यता, बजार पसलमा भने बन्दको प्रभाव देखिएको छैन । बजार खुल्ला छ ।

Advertisement

बन्दमा अप्रिय घटना हुन नदिन सुरक्षा तैनाथी बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी दीपक कुमार रायले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!