- संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका–८ लुम्पुवामा शनिवार दिउँसो ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । पाख्रीवासबाट घामेतर्फ जादै गरेको को.२ त १०४३ नम्बरको ट्याक्टर दिउँसो करिब २ बजे लुम्पुवास्थित पाख्रीवास–मुगा सडकखण्डमा पल्टिएको हो ।

Advertisement

दुर्घटनामा परी ट्याक्टर चालक पाख्रीवास नगरपालिका–७ का २२ बर्षीय टंकबहादुर तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक तामाङको शवलाई पोष्टमार्टमका लागि धनकुटा जिल्ला अस्पताल ल्याइदैछ ।

ट्याक्टरको इन्जिनको भाग सडकबीचमा पल्टिएर उत्तानो परेको छ । दुर्घटनाको कारण खुल्न वाँकी छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!