संगालोखबर सम्बाददाता

विराटनगर । विराटनगरमा तास खेल्दै गरेको अवस्थामा प्रहरीले छ जनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१६ भट्टी मोडका लक्ष्मी लामाको घरमा तास खेल्दै गरेको अवस्थामा प्रहरीले छापा मारेर तास खेल्नेहरुलाई नियन्त्रणमा लिएको हो ।

Advertisement

बिराटनगर–१५ का ४३ बर्षीय बसन्त राई, २७ बर्षीय महादेव श्रेष्ठ, विराटनगर–१६ का ४८ बर्षीय पर्वत ढंगोल, ४८ बर्षीय उमेश दाहाल, बिराटनगर–१४ का ३९ बर्षीय अनिल बि.क. र बिराटनगर–१३ का ५७ बर्षीय श्याम लामा पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले नगद राखेर तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट १ लाख २५ हजार ५ सय नगदसमेत बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुविरुद्ध प्रहरीले जुवा ऐन अन्तर्गत कारबाही प्रकृया अघि बढाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!