संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकाको काजिमाने तीनघरेमा रहेको निशान भगवती (भाले) लाई स्थानान्तरण गरेर नवनिर्मित निशान मन्दिर माङ्हिममा सारिएको छ । निशान मौलो संरक्षण समिति (ख) तीनघरे काजिमानेले बुधबार कार्यक्रम तथा पुजाको आयोजना गरेर पुरानो मन्दिरबाट नयाँ मन्दिर भवनमा भगवतीलाई सारेको हो ।

Advertisement

संघीय सरकारको १० लाख, उद्योग पर्यटन तथा वाताबरण मन्त्रालय प्रदेश नं.१ को ८ लाख र छथर जोरपाटी गाउँपालिकाको १ लाख ५० हजार गरी कुल १९ लाख ५० हजारको लागतमा पुरानो मन्दिर नजिक नयाँ मन्दिर भवन निर्माण गरिएको छ । प्रतिनिधि सभा सदस्य राजेन्द्र राईले रिवन काटेर नयाँ मन्दिर भवन उद्घाटन गरेपछि देवीको स्थापना गरिएको हो ।

भवन उद्घाटनपछि स्थानीयबासी र मन्दिरका पुजारीले राँगासहित पञ्च बली दिएर विधिवत् रुपमा नयाँ मन्दिरमा निशान भगवतीको प्रतिस्थापन गरेका छन् । कार्यक्रममा प्रतिनिधि सभा सदस्य राई, प्रदेश सभा सदस्य ईन्द्रमणी पराजुली लगायलते मन्दिर स्थापना भएको प्रति खुशी व्यक्त गर्दै स्थानीयबासीलाई बधाई दिए । सो अवसरमा वडा नं. ३ का वडाध्यक्ष ज्ञानबहादुर लिम्बूले मन्दिरको बारेमा जानकारी गराएका थिए ।

भाले र पोथी २ निशानको लिम्बूहरुका खजुम बंशले बि.सं.१९३९ मा मन्दिर स्थापना गरी निशान देवीको पुजापाठ गर्दै आएको इतिहास छ । हरेक बर्ष दशैंको नवमीमा दुबै निशानहरुको धुमधामसँग पुजा गरी स्थानीय पिङ डाँडामा मौलो (राँगा) काटेर दशै मनाउने चलन छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!