- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ मालवासेस्थित कोशी राजमार्गमा सोमबार साँझ बसलाई ‘ओभरटेक’ गर्ने क्रममा मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।

Advertisement

साँझ करिब ५ बजे संखुवासभाबाट धरानतर्फ जाँदै गरेको को १ ख ४८८९ नंम्बरको बसलाई सोही दिशाबाट जाँदै गरेको को १९ प ९४२८ नंम्बरको मोटरसाइकलले उछिन्ने क्रममा बसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा परी मोटरसाइकलमा सवार धनकुटाको सहिदभूमि गाउँपालिका–४ का ३६ बर्षीय गणेशमान राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । बससँग मोटरसाइकल ठोक्किदा राई गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । प्रतिष्ठानमा उपचारकै क्रममा साँझ करिब ७ बजे उनको मृत्यु भएको हो ।

दुर्घटनामा परी मोटरसाइकल चालक ईलामको चुलाचुली गाउँपालिका–६ का ३३ बर्षीय रत्नकुमार राई घाइते भएका छन् । उनको खुट्टामा चोट लागेको छ । दुर्घटनापछि बस र चालकलाई इलाका प्रहरी कार्यालय भेडेटारले नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!