- संगालोखबर सम्वाददाता

ओखलढुंगा । ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका ६ हिलेपानीको मितेरिभन्ज्याङस्थित सिद्धिचरण राजमार्गमा टाटा सफारी गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा बारा सिमरा महानगरपालिका १५ का ४५ बर्षीय पृथ्वी बहादुर श्रेष्ठ छन् ।

Advertisement

आज दिउँसो १२ बजे ओखलढुंगाबाट रामेछापतर्फ जाँदै गरेको बा ११ च ५२१० नम्बरको टाटा सफारी अनियन्त्रित भई सडकबाट करिब २ सय मिटर तल खसेको हो । दुर्घटनामा परी काभ्रेको धुलिखेल ११ आरुबोटका ३२ बर्षीय मानकाजी तामाङ, ओढु मानेभन्ज्याङ १ मोलीका २६ बर्षीय टेकबहादुर गिरी, उनकै छोरा ४ बर्षीय निर्जल गिरी र रामेछाप गोकुलगंगा ४ बेतालीका १२ बर्षीय अभिषेक योगी घाइते भएका छन् । उनीहरुलाई एम्बुलेन्समार्फत काठमाडौंको ट्रमा सेन्टर पठाइएको छ ।

त्यस्तै, गाडीका चालक ओखलढुंगा सिद्धिचरण २ ठुलाछापका २९ बर्षीय केशब कट्वाल, टेक बहादुर गिरीको श्रीमती २५ बर्षीया हिरामाया गिरी, रामेछाप गोकुलगंगा ४ बेतालीकी २८ बर्षीया राधीका योगी, उनकै छोरी १ बर्षीया अनुषा योगी र ओखलढुंगाको लिखु २ सत्लुनका १२ बर्षीय पर्वत गिरी पनि घाइते भएका छन् । उनीहरुलाई हेलिकप्टरबाट काठमाडौंको ट्रमा सेन्टर लगिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!