- संगालोखबर सम्वाददाता

धनकुटा । प्रहरीले धनकुटाको सहिदभूमि गाउँपालिकामा शनिवार गाँजा फडानी गरेको छ । इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको प्रहरी टोलीले सहिदभूमि–३ कोकोथेममा ३ रोपनी क्षेत्रफलमा लगाइएको गाँजा खेति फडानी गरेको हो ।

Advertisement

गाँजा फडानीका लागि इलाका प्रहरी कार्यालय छिन्ताङबाट प्रहरी निरीक्षक काजी बहादुर बस्नेतको नेतृत्वमा प्रहरी टोली खटिएको थियो ।

प्रहरी टोलीले २ सय वटा गाँजाको बेर्ना र ३ सय वटा बोट गरी ५ सय बोट गाँजा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!