संगालोखबर सम्वाददाता

बिराटनगर । धनकुटाका एक युवा गाँजासहित विराटनगरबाट पक्राउ परेका छन् । प्रहरीले सहिदभूमि गाउँपालिका–७ का २४ बर्षीय सागर राईलाई बिराटनगर महानगरपालिका–४ कन्चनबारीबाट पक्राउ गरेको हो ।

Advertisement

हिजो बेलुका साढे ८ बजे सीआरभी पोष्ट भट्टा चौकबाट खटिएको प्रहरी टोलीले सार्वजनिक सवारी साधन चेकजाँच गर्ने क्रममा गाँजासहित राईलाई पक्राउ गरेको हो । उनको साथबाट ५ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका राईलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । उनको कारोवारका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!