
सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–१७ बडहरामा भाडा माझ्ने क्रममा करेन्ट लागेर आज एक महिलाको मृत्यु भएको छ । करेन्ट लागेर स्थानीय ५० बर्षीया लता कुमारी श्रेष्ठको मृत्यु भएको हो ।
दिउँसो साढे १ बजे आफ्नै आगनको कलमा भाडा माझ्ने क्रममा श्रेष्ठलाई मोटरबाट करेन्ट लागेको हो ।
करेन्ट लागेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि बिराट टिचिङ हस्पिटल लैजाने क्रममा दिउँसो साँढे २ बजे बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।