- संगालोखबर सम्वाददाता

उदयपुर । उदयपुरको कटारी नगरपालिका–८ बर्मीस्थित जंगलमा लिफ्ट मागेकै गाडी चालकलाई ढुंगाले हानेर बेहोस बनाई नगद लुटपाट गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्ने ओखलढुङ्गाको चिसंम्खु गाउँपालिका–३ का ५४ बर्षीय रमेश कुमार श्रेष्ठ छन् ।

Advertisement

मंगलबार साँझ ५ बजे कटारी–४ का २५ बर्षीय प्रकाश श्रेष्ठ प्रदेश नं २–०१–००१ च ०३६९ नम्बरको बोलेरोमा ओखलढुङ्गामा खाद्यान्न पुर्याएर काटारीतर्फ आउँने क्रममा रमेशले लिफ्ट मागेका थिए । उनले आफू पनि व्यापारी भएको र सामान लिन कटारी जाने भनेका थिए । कटारीतर्फ आउँने क्रममा बर्मी जंगलमा पिसाव फेर्न बाहिर निस्किएका प्रकाशलाई रमेशले पछाडिबाट ढुङ्गाले गर्धनमा हानेर बेहोस बनाई प्रकाशको साथमा रहेको १३ लाख ७७ हजार ८ सय ९५ रुपैयाँ र मोबाइलसमेत लुटेर फरार भएका थिए ।

केही समयपछि प्रकाश होसमा आए र प्रहरीलाई खबर गरे । घटनाको जानकारी पाएपछि ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको टोलीले कटारी नगरपालिका–४ गबुवा जंगलबाट बेलुका ७ बजे रमेशलाई लुटपाट गरेको नगद र मोबाइलसहित पक्राउ गरेको हो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!