- संगालोखबर सम्वाददाता

मोरङ । मोरङको बेलबारीबाट १९ केजी ६५० ग्राम गाँजासहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेलबारी नगरपालिका–१ का ३५ बर्षीय सन्तोष राई, ३० बर्षीय ज्ञानुराज राई र धनकुटाको शहिदभूमि गाउँपालिका–३ का २८ बर्षीय महेश्वर राई छन् ।

Advertisement

मंगलबार साँझ ५ बजे प्रहरीले उनीहरुलाई १९ केजी ६५० ग्राम गाँजासहित पक्राउ गरेको हो । गाँजा बिक्रि बितरण गरिरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको टोलीले सन्तोषको कोठाबाट ४ केजी ६५० ग्राम र ज्ञानुराजको कोठाबाट १५ केजी गाँजा बरामद गरेको हो ।

उक्त गाँजा सन्तोष र ज्ञानुराजले महेश्वरबाट किनेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका तीनै जनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!