- संगालोखबर सम्वाददाता

धनकुटा । विराटनगरस्थित जिल्ला अदालत मोरङ परिषरमा कारको ठक्करबाट धनकुटाको महालक्ष्मी नगरपालिका–१ तेलुङ्गकी लक्ष्मी दाहालको मृत्यु भएको छ । आज साँझ अदालत परिषरमा बा.१४ च ६०१६ नम्बरको कारले ठक्कर दिँदा ४५ बर्षीया दाहालको मृत्यु भएको हो ।

Advertisement

जिल्ला अदालतको ५ नम्बर इजलासका न्यायधिश इश्वर पराजुलीले प्रयोग गर्दै आएको कारले ठक्कर दिँदा दाहाल गंभीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि कोशी अस्पताल पुर्याइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक दाहालका श्रीमान फणिन्द्र जिल्ला अदालतका कर्मचारी हुन् । उनीहरुले अदालत परिषरमा ५ बर्ष अघिदेखि क्यान्टिन सञ्चालन गर्दै आएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!