धनकुटा । धनकुटाका थप १५ जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालको ल्याबमा २४ जनाको पीसीआर परीक्षण गर्दा ८ पुरुष र ७ महिलामा संक्रमण देखिएको हो ।
धनकुटा नगरपालिकाका ८ जना, सहिदभूमि गाउँपालिकाका २ जना, महालक्ष्मी नगरपालिका, पाख्रीबास नगरपालिका र छथर जोरपाटी गाउँपालिकाका १/१ जनामा संक्रमण पुष्टि भएको जिल्ला अस्पतालका सूचना अधिकारी राजनप्रसाद पोखरेलले जानकारी दिए ।
धनकुटा–१ का २५ बर्षीया महिला, धनकुटा–३ का ३२ बर्षीया महिला, धनकुटा–४ का ३५ र ५० बर्षीया महिला, धनकुटा–६ का ३३, ३९ बर्षीय पुरुष, ३६ बर्षीया महिला र धनकुटा–७ का ३३ बर्षीया महिलामा संक्रमण देखिएको छ । त्यस्तै सहिदभूमि–६ का ३५ र ५० बर्षीय पुरुष, महालक्ष्मी–९ का ४२ बर्षीय पुरुष, पाख्रीबास–४ का ५८ बर्षीय पुरुष र छथर जोरपाटी–१ का ४८ बर्षीय पुरुको रिपोर्ट पोजिटिभ आएको हो ।
त्यस्तै तेह्रथुमको लालीगुराँस–२ घर भई धनकुटा बस्दै आएका २६ बर्षीय पुरुष र सुनसरीको इनरुवा–६ घर भई धनकुटा बस्ने २५ बर्षीया महिलामा पनि संक्रमण पुष्टि भएको जिल्ला अस्पतालले जनाएको छ ।
















