संगालोखबर सम्वाददाता
फायल तस्बीर

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाबाट गाँजाका विरुवासहित दुई युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा सहिदभूमि–५ खोकुका २१ बर्षीय प्रविन राई र २४ बर्षीय रविन राई छन् ।

गएराती करिव ९ बजे इलाका प्रहरी कार्यालय छिन्ताङबाट गस्तिमा खटिएको टोलीले सहिदभूमि–२ साम्बुगाँउस्थित हिले–छिन्ताङ सडकखण्डमा चेकजाँच गर्ने क्रममा को ५ प ६६७५ नम्बरको मोटरसाइकलमा गाँजाका विरुवा फेला परेको हो ।

Advertisement

कागुनेबाट प्लाष्टिकको बोरामा प्याक गरी मोटरसाइकलमा राखेर छिन्ताङतर्फ लैजादै गरेको अवस्थामा २ सय ९ बोट गाँजा बरामद भएको प्रहरीले जनाएको छ । लागुऔषध गाँजाका विरुवा वरामद भएपछि मोटरसाइकलमा सवार दुवै जनालाई प्रहरीले पक्राउ गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!