संगालोखबर सम्वाददाता

धनकुटा । राष्ट्रिय जनमुक्ति पार्टी धनकुटाका निवर्तमान अध्यक्ष हरीभक्त वान्तवा राई मृत फेला परेका छन् । धनकुटा नगरपालिका–७ यलम्बर चौकस्थित आफ्नै घर अगाडि झुण्डिएको अवस्थामा ८२ बर्षीय राई बिहिबार बिहान मृत भेटिएका हुन् ।

Advertisement

सानो रुखमा डोरीको पासो लगाएर झुण्डिएको अवस्थामा राई मृत फेला परेको प्रहरीले जनाएको छ । उनको खुट्टा भुइमा टेकिएको अवस्थामा शव भेटिएको छ । उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ । किरात राई यायोक्खा धनकुटाका संस्थापक अध्यक्षसमेत रहेका राई जनता समाजवादी पार्टी धनकुटाका उपाध्यक्ष पार्वती राईका बुवा पनि हुन् ।

छोरी पार्वतीको घर र उनको घरसँगै जोडिएको छ । ‘बुवालाई नशा सम्बन्धि समस्या पनि थियो, औषधि खादै आउँनु भएको थियो,’ छोरी पार्वतीले भनिन्, ‘हिजो बेलुका ९ बजेतिर बुवालाई खाना र औषधि खुवाएर छुटेको थियौं । अहिले बिहान यस्तो अवस्थामा भेटियो ।’

मृतक राईले दुई वटी श्रीमती बिवाह गरेका थिए । जेठी श्रीमतीको मृत्यु भइसकेको छ भने, कान्छि श्रीमति पनि उनको साथमा छैनन् । उनका जेठीपट्टीका तीन छोरी र एक छोरा छन् भने कान्छि पट्टीका २ छोरी छन् ।

कान्छि श्रीमति छोरीहरु लिएर केही बर्ष अघि अन्तै गएकाले उनी त्यही बिषयमा चिन्तित थिए । सोही कारण उनले आत्महत्या गरेको हुनसक्ने परिवार स्रोतको भनाई छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!