संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

धनकुटा । आगो ताप्ने क्रममा जलेर धनकुटामा आज बिहान एक बृद्धाको मृत्यु भएको छ । मृत्यु हुँनेमा धनकुटा नगरपालिका–९ बेलहाराकी ८८ वर्षीया भक्तकुमारी बराल छन् ।

बिहान करिब साँढे ८ बजे घरमा कोही नभएका बेला आगो ताप्ने क्रममा कपडाबाट शरीरमा आगो सल्किए जल्दा बृद्धाको मृत्यु भएको धनकुटाका प्रहरी प्रमुख गोबिन्द अधिकारीले जानकारी दिए ।

Advertisement

आगोले बृद्धाको शरीरको अगाडीको अधिकांस भाग जलेको छ । घटनास्थलमै जलेको अवस्थामा बृद्धाको शव फेला परेको हो । मृतक बृद्धाको शवलाई पोष्टमार्टमका लागि धनकुटा जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!