संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाकी एक युवतीले जन्माएको आन्द्राभुँडी बाहिरै भएको बच्चाको उपचारका क्रममा गएराती मृत्यु भएको छ । महालक्ष्मी–७ अर्खौलेकी १८ बर्षीया कोपिला श्रेष्ठले पुस २१ गते पेटबाट आन्द्राभुँडी बाहिरै निस्किएको छोरीलाई जन्म दिएकी थिईन् ।

Advertisement

जितपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा जन्मिएको बच्चालाई थप उपचारका लागि काठमाडौंस्थित कान्ति बाल अस्पताल पुर्याइएको थियो । उपचारकै क्रममा गएराती करिब ९ बजे बच्चाको मृत्यु भएको उनका वुवा हरीबहादुरले बताए । ‘दुई पटक अप्रेशन गरेर आन्द्राभुँडी पनि भित्र राखिसकेको थियो ।’ उनले भने–‘अब त ठिक हुन्छ जस्तो लागेको थियो, एक्कासी मृत्यु भयो ।’

हरीबहादुर र कोपिलाको पहिलो सन्तानको रुपमा अस्वभाविक छोरी जन्मिएकी थिईन् । ‘नर्मल डेलिभरी’ भएको भएपनि बच्चाको नाइटो नजिक पेटबाट आन्द्रा र भुडी बाहिरै निस्किएको थियो । बाहिर निस्किएको आन्द्राभुँडी भित्र राख्न कान्ति बाल अस्पतालमा दुई पटक अप्रेशन गरिएको थियो । बच्चाको मृत्यु भएपनि आमाको स्वास्थ्य अवस्था भने सामान्य रहेको परिवार स्रोतले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!