संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

संखुवासभा । संखुवासभाको सभापोखरी–३ मा गएराती भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा स्थानीय फुकामका ५२ बर्षीय सूर्यबहादुर घले छन् । शनिवार राती संखुवासभाको पावाबाट घरतर्फ फर्कने क्रममा बालिंगे भीरबाट लडेर घलेको मृत्यु भएको हो ।

स्थानीयबासीले घलेलाई मृत भेटेपछि आज विहान साढे ३ बजे प्रहरी चौकी बार्हबिसेमा खबर गरेका थिए । घटनाको जानकारी पाएपछि प्रहरी टोली घटनास्थल गएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!