संगालोखबर सम्वाददाता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केपी ओली पक्ष निकट धनकुटा–काठमाडौं सम्पर्क मञ्च गठन भएको छ । धनकुटा स्थायी घर भई काठमाडौं बस्दै आएका धनकुटेलीहरुको शनिवार काठमाडौंमा भएको भेलाले तिलक कार्कीको अध्यक्षतामा ४५ सदस्यीय समिति गठन गरेको हो ।

Advertisement

समितिको उपाध्यक्षमा सिके राई, सचिवमा बिनोद बिष्ट, सह–सचिवमा महेन्द्र गिरी र कोषाध्यक्षमा सुस्मा चेम्जोङ चयन भएका छन् । कार्यक्रममा नेकपा नेता एवं संविधान सभा सदस्य टिकाराम चेम्जोङले नव गठित समितिका पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराएका छन् ।

समितिमा पूर्व एमाले निकट सदस्यहरु मात्र छन् । पार्टी एकता हुँनुअघि सक्रिय रहेको मञ्च एकतापछि पार्टीले संयोजक र सह–संयोजकको जिम्मेवारीसमेत नतोक्दा निस्क्रिय थियो । पछिल्लो समय नेकपाभित्र नेताहरु बिभाजित भएपछि ओली समूहले मञ्चलाई पुनः सक्रिय बनाउँन समिति गठन गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!