- संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटामा पनि बुधबारबाट कोरोनाविरुद्धको खोप लगाउँन सुरु गरिएको छ । पहिलो चरणमा अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सरसफाइकर्मीलाई खोप लगाउँन सुरु गरिएको हो ।

Advertisement

जिल्ला अस्पतालका प्रमुख डा. पुजन विश्वकर्मालाई पहिलो पटक खोप लगाएर खोप अभियान थालिएको छ । खोप लगाउँने अभियान सुरुवात गर्न आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले डा. विश्वकर्मालाई भ्याक्सिन क्यारियर व्याग हस्तान्तरण गरेका थिए । पहिलो चरणमा धनकुटाका ८ सय ८५ स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सरसफाइकर्मीलाई खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तुलसी गुरागाईले जानकारी दिए ।

जिल्ला अस्पतालबाट शुक्रबारसम्म तीन दिन खोप लगाइनेछ । पहिलो पटक खोप लगाएकाले एक महिनापछि पुनः खोप लगाउँनुपर्ने भएकाले एक महिनापछि उनीहरुलाई पुनः खोप लगाइने बताइएको छ । धनकुटामा पहिलो चरणका लागि १९ सय डोज खोप आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!