संगालोखबर सम्बाददाता

झापा । झापाबाट दुई करोड बढीको अबैध सामानसहित एक जना पक्राउ परेका छन् । दुई करोड ४२ लाख ४० हजार ७ सय ३० रुपैयाँ बराबरको अबैध खाद्य वस्तुसहित जितेन्द्र साहलाई प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

दमक नगरपालिका–६ मा रहेको एक घरमा ओरियन्स कम्पनीका बिभिन्न ब्राण्डका खाद्य वस्तुहरु अबैध रुपमा ल्याई भण्डारण गरिएको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले साहलाई पक्राउ गरेको हो ।

बरामद सामान आन्तरिक राजश्व कार्यालय ईटहरी पठाउने तयारी भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!