संगालोखबर सम्वाददाता

झापा । झापाको शिवसताक्षी–११ स्थित राजमार्गबाट प्रतिबन्धित लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक–८ का २५ बर्षीय सत बहादुर देवान र ३२ बर्षीय दिलिप महत छन् ।

Advertisement

टेम्पोमा सवार उनीहरुलाई गएराती करिव ८ बजे ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको टोलीले नियन्त्रणमा लिएको थियो । नियन्त्रण पश्चात चेकजाँच गर्दा उनीहरुको साथबाट डाईजेपाम–५८ एम्पुल, बुफ्रेनोर्फिन–५७ एम्पुल र प्रोमेथोजाईन–५८ एम्पुल बरामद गरिएको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

पक्राउ परेका दुबै जनाको विषयमा थप अनुसन्धान गरी कानुनी कारबाही अघि बढाइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!