संगालोखबर सम्वाददाता

विराटनगर । संखुवासभा र सुनसरीमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । संखुवासभाको पाचखपन–३ स्थित सडकखण्डमा गएराती ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरका सहचालक पाचखपन–६ का २३ बर्षीय गोबिन्द कोईरालाको मृत्यु भएको हो ।

Advertisement

को २ त ५०१० नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिव ६० मिटर तल खस्दा कोईराला घाईते भएका थिए । स्थानीय प्राथमिक स्वास्थ्य चौकी वानामा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

त्यस्तै सुनसरीको रामधुनी–७ स्थित भित्री सडकखण्डमा को १ त ३८८४ नम्बरको ट्याक्टरका सहचालकको लडेर मृत्यु भएको छ । गुडिरहेको ट्याक्टरबाट लडेर रामधुनी–६ का २० बर्षीय फूल कुमार सदा गम्भिर घाईते भएका थिए ।

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!