संगालोखबर सम्वाददाता


विराटनगर । विराटनगर महानगरपालिकाको सोमबार बसेको ८० औं कार्यपालिकाको बैठकले ८ वटा एजेण्डामाथि निर्णय लिएको छ । आइतबार बसेको बैठक कार्यपालिका सदस्यहरुकोे विरोधका कारण स्थगित भएपछि सोमबार दिउँसो २ बजे पुनः बैठक बसेको हो ।

बैठकले नगरक्षेत्रभित्रका पुुराना घरहरुको सूचिकरण तथा अभिलेखीकरण, ढल शुल्क तथा निःशुल्क ढल सेवा जडानको समयावधि ६ महिना थप गर्ने, आगामी आर्थिक बर्षमा दायित्व सर्ने गरि ठुला तथा बहुबर्षीय योजना कार्यान्वयन तथा प्राविधिक प्रस्ताव स्वीकृत र नीति तथा कार्यक्रम अनुसार पोजिटिभ केयर स्थापनाको बिषयमा छलफल गरि निर्णय गरेको छ ।

Advertisement

यस्तै, बैठकले हेल्प डेस्क, खोप सेवा, बर्थिङ सेन्टर, आधारभूत स्वास्थ्य केन्द्र तथा हस्पिस सेन्टरको आवश्यक जनशक्ति पदपूर्ति, स्वागत गेट, वडा नं. १६ स्थित रानीमा हेल्प डेस्क भवनको स्थापना र महानगरको स्वामित्वमा रहेका भौतिक साधन तथा उपकरण सञ्चालन सम्बन्धि कार्यविधि २०७७ को एजेण्डामा पनि आवश्यक छलफल गरेको वडा नं. ९ का वडाध्यक्ष विश्वनाथ भगतले जानकारी दिए ।

बाँकी रहेका केही महत्वपूर्ण एजेण्डाहरु कार्यपालिकाको आगामी बैठकमा छलफल हुने वडाध्यक्ष भगतले बताए । २ महिनापछि आइतबार पर्याप्त गृहकार्यबिना बसेको बैठकमा २ दर्जन बढी एजेण्डाहरु प्रस्तुत भएपछि केही वडाध्यक्षहरुले विरोध जनाएका थिए । जसका कारण बैठक स्थगित भएको थियो ।

सोमबार छलफल भएका एजेण्डाहरुसहित उपभोेक्ता समिति सम्बन्धी कार्यविधि २०७७, फोहोरमैला व्यवस्थापनको आगामी प्रतिवेदन, महानगरको चालु आ.ब.को बजेट र ल्याण्डफिल्ड साइटको जग्गा, महानगरको आफ्नै कार्यालय भवन निमार्णको मापदण्ड, १०० वाट फ्रिक्वेन्सीको मेट्रो एफ.एम सञ्चालन, वडा नं. १४ को ऐलानी जग्गामा सामुदायिक भवन निमार्ण र वडा नं. १२ स्थित बखरी प्रहरी चौकीको जग्गा लगायतका एजेण्डाहरु आइतवारको बैठकमा निर्णयार्थ पेश भएका थिए ।

तर, वडा नं. ३ का वडाध्यक्ष विनोद बस्नेत, ५ का मीनकुमार आचार्य र ९ का विश्वनाथ भगत लगायत सदस्यहरुले पर्याप्त छलफलबिना एजेण्डाहरु अघि बढाउन नहुने भन्दै विरोध जनाएपछि बैठक स्थगित भएको थियो । सोमबार बसेको कार्यपालिका बैठकले भने आवश्यक एजेण्डाहरु उपर छलफल गर्दै अब महिनामा २ पटक बोर्ड बैैठक बस्ने निर्णयसमेत गरेको महानगरले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!