उदयपुर । उदयपुरमा करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ । बेलका–१ आम्बासी झाँक्री टोलका ५१ बर्षीय डम्बर तामाङको करेन्ट लागेर मृत्यु भएको हो ।
बिहान ११ बजे घरमा लाईनको प्लग जोड्ने क्रममा करेन्ट लाग्दा तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।