वुद्ध तामाङ

भोजपुर । भोजपुरका थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अरुण गाउँपालिकाको जरायोटारस्थित होल्डिङ एरियामा रहेका षडानन्द नगरपालिका ८ र १२ नं. वडाका १७, १९, २९, ३० र ३२ वर्षका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Advertisement

कामको शिलसिलामा भारत गएका उनीहरुलाई गत १३ गते रुपन्देहीको सुनौली नाकाबाट जिल्ला ल्याईएको थियो । संखुवासभाका २ जनामा कोरोना पुष्टि भएकाले उनीहरुसँगै आएकाहरुको १८ गते स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि धरान स्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको थियो । परीक्षणका क्रममा पाँच जनाको रिपोर्ट पोजिटिभ आएको हो । सँगै स्वाब पठाईएका बाँकी ३५ जनाको भने रिपोर्ट नेगेटिभ आएको छ ।

संक्रमितहरुलाई कहाँ पठाउने भन्ने बारेमा छलफल भाईरहेको जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ । यसअघि भोजपुरको हतुवागढी गाउँपालिका स्थित होम्ताङका एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनी उपचार पश्चात कोरोनामुक्त भईसकेका छन् । योसँगै भोजपुरमा कोरोना संक्रमण हुँनेको संख्या ६ पुगेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!