
मोरङ । मोरङको ग्रामथानमा नहरमा डुबेर एक वृद्धको मृत्यु भएको छ । गाई चराउँने क्रममा लड्दा नहरमा खसेर ग्रामथान–५ सिमरियाका ६० बर्षीय फौदी चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिहिबार साँझ ६ बजे घर नजिकै रहेको नहरको छेउमा गाई चराउने क्रममा उनी नहरमा खसेका थिए । घटनाको जानकारी पाएपछि ईलाका प्रहरी कार्यालय हरैचाबाट प्रहरी टोली घटनास्थल गएको थियो ।
घटनाको बिषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।















