संगालोखबर सम्वाददाता

विराटनगर । बिराटनगर स्थित कोरोना बिशेष अस्पतालमा उपचाररत धनकुटाका सातसहित २७ जना संक्रमित कोरोना मुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । उनीहरुलाई आज अपरान्ह चार बजे अस्पताल परिसरमा कार्यक्रम गरी बिदाई गरिएको छ ।

Advertisement

उपचारका क्रममा पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि ४ महिला र २३ पुरुषलाई डिस्चार्ज गरिएको कोशी अस्पतालकी मेडिकल सुपरीटेण्डेन्ट डा.संगिता मिश्राले संगालोखबरलाई बताईन् । उनले भनिन्–‘पीसीआर रिपोर्ट नेगेटिभ देखिएकाले सात जिल्लाका २७ जनालाई डिस्चार्ज गरेका हौ ।’

स्थायी ठेगानाका आधारमा उदयपुरका ३ जना, झापाका ७ जना, मोरङका ६ जना, सुनसरीका ४ जना, धनकुटाका ४ जना, खोटाङका १ जना र सप्तरीका २ जना डिस्चार्ज भएर घर फर्किएका छन् । स्थायी ठेगानाका आधारमा धनकुटाका चार जना डिस्चार्ज भएतापनि धनकुटामा संक्रमण पुष्टि भएका चार स्वास्थ्यकर्मी, दुई सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका एक आफन्त गरी सातै जना डिस्चार्ज भएका हुन् । धनकुटामा संक्रमण पुष्टि भएर डिस्चार्ज हुँने दुई जना सुनसरीका र एक जना सप्तरीका हुन् ।

योसँगै प्रदेश १ मा कोरोना मुक्त हुनेको संख्या ७५ पुगेको छ । यसअघि बिराटनगर स्थित कोरोना बिशेष अस्पतालबाट ३० जना र धरान स्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानबाट १८ जना कोरोना मुक्त भएर डिस्चार्ज भईसकेका छन् । हालसम्म प्रदेश १ मा कोरोना संक्रमितको संख्या १८५ पुगेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!