धनकुटा । धनकुटाको सहिदभूमी गाउँपालिकाका एक बालकलाई पौडी खेल्ने क्रममा खोलाले बगाएको छ । सहिदभूमी–२ पाङनामका १२ बर्षीय निश्चल मगरलाई स्थानीय खानी खोलाले बगाएको हो ।
साथीहरुसँग पौडी खेल्ने क्रममा मंगलबार दिउँसो करिव ३ बजे मगरलाई खोलाले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता ध्रुवकुमार श्रेष्ठले संगालोखबरलाई जानकारी दिए । सहिदभूमी–२ स्थित अरुण नदीको किनार नजिक खानी खोलाको दहमा पौडी खेल्ने क्रममा उनलाई खोलाले बगाएको हो ।
बेपत्ता मगरलाई आफन्त, स्थानीयबासी र प्रहरी टोलीले खोजि गरिरहेको छ । तर, हालसम्म पनि फेला नपरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।