गोमा ढुंगाना/संगालोखबर
सांकेतिक तस्बीर

संखुवासभा । संखुवासभाको खाँदवारीमा आज खोलाले बगाउँदा बालिकाको मृत्यु भएको छ । स्थानीय सभाखोलाले बगाउँदा खाँदबारी नगरपालिका–८ की ८ बर्षीया कोरीना राईको मृत्यु भएको हो ।

दिउँसो सवा १२ बजे बुबा छोरी दोभानटारतर्फ जाँदै गर्दा बाटोमा पर्ने सभाखोला तर्ने क्रममा उनीहरुलाई खोलाले बगाएको हो । खोलाले बगाउँदा बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

यता, बालिकाका बुवा दीपक राई भने पौडिएर निस्कन सफल भएका छन् । बगाएको स्थान भन्दा करिव साँढे १ किलोमिटर तल बालिकाको शव फेला परेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement