गोमा ढुंगाना/संगालोखबर
सांकेतिक तस्वीर

झापा । झापाको गौरादह नगरपालिकामा ट्याक्टरले किचेर चालकको मृत्यु भएको छ । ट्याक्टरले किचेर गौरिगञ्ज नगरपालिका–१ का २७ बर्षीय जितु राजवंशीको मृत्यु भएको हो ।

गौरादहकोे भित्री सडक खण्डमा बिग्रिएर राखेको मे.१ त.१९३२ नम्बरको ट्याक्टरलाई अर्को ट्याकटरले तानेर लैजाने क्रममा आफु बस्ने सिटबाट झर्दा ट्याकटरको ठुलो चक्काले किचेर चालक राजवंशी घाईते भएका थिए ।

Advertisement

घाईते राजवंशीलाई उपचारको लागि दमकतर्फ लैजादै गर्दा बाटोमै उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement