काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको आन्तरिक उडान धराशयी बनाउन नेतृत्व नै लागेको खुलेको छ । आन्तरिकतर्फ निगमसँग भएका नौ जहाजमध्ये अहिले सातवटा जहाज ग्राउन्डेड छन् ।

Advertisement

दुईवटा एमए ६०, चारवट वाई–१२ र तीनवटा ट्विनअटर जहाजले आन्तरिक उडान गर्नुपर्नेमा हाल दुईवटा मात्रै उडिरहेका छन् । आन्तरिकतर्फका पाइलटमध्ये कसैलाई अन्तर्राष्ट्रियतर्फ सारिएको छ भने भएकालाई पनि आवश्यक तालिमबाट वञ्चीत गरी नियतवश उडानका लागि अयोग्य बनाइएको देखिन्छ ।

जहाज उडाउन पाइलट नभएकाले आन्तरिक उडान रोकिएको दाबी व्यवस्थापनले गरेको छ । तर, यिनै जहाज उडाउने जिम्मेवारी दिइएका पाइलटलाई भने आवश्यक तालिम र प्राविधिक परीक्षणबाट वञ्चित गरिएकाले अधिकांश पाइलट उडानका लागि अयोग्य छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा जनार्दन बराल र दिवाकर पन्तले लेखेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!