संगालोखबर सम्वाददाता

बिराटनगर । स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै नोबेल शिक्षण अस्पतालका प्रबन्ध निर्देशक इन्दिरा शर्मालाई सम्मान गरिएको छ । सुनसरीको दुहवी स्थित फरवार्ड कम्यूनिटि माईक्रो फाइनान्स वित्तिय संस्था लिमिटेडले छैठौँ वार्षिकोत्सवको अवसर पारेर प्रबन्ध निर्देशक शर्मालाई सम्मान गरेको हो ।

Advertisement

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले फुलमाला लगाएर सम्मानपत्र प्रदान गरी शर्मालाई सम्मानित गरेका हुन् । नोबेलमा विपन्न बिरामीलाई दैनिक करिव ५ लाख बराबरको निःशुल्क उपचार गरिदै आएको छ । त्यस्तै पैसा नभएकै कारण गुणस्तरीय शिक्षाबाट बन्चित सयौं बिद्यार्थीलाई निःशुल्क चिकित्सा शिक्षा पढाईदै आएको छ ।

हजारौं असहाय र बिपन्न बिरामीलाई निःशुल्क उपचार गराउँनुका साथै गरिव तथा जेहन्दार बिद्यार्थीलाई निःशुल्क अध्ययन गराएर स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएकाले शर्मालाई सम्मान गरिएको सस्थाका अध्यक्ष भगवती चौधरीको भनाई छ । बिभिन्न क्षेत्रमा योगदान पुर्याउँने अन्य व्यक्तिलाई पनि सोहि अवसरमा सम्मान गरिएको थियो ।

यसैवीच सोहि कार्यक्रममा फरवार्डका उत्कृष्ठ ३ शाखा कार्यालय र २८ कर्मचारीलाई पुरस्कृत गरिएको छ । फरवार्डले ३७ जिल्लामा १२१ शाखा स्थापना गरी लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!