पाँचथर । पाँचथरमा १५ वर्षीया एक किशोरीको घाँटी रेटेर हत्या गरिएकाे छ । हिलिहाङ गाउपालिका– ४, पञ्चमिकी शितल योङहाङको आइतबार साँझ घाँटी रेटी हत्या भएको हो ।

Advertisement

शीतलको शव घाँटी काटिएको अवस्थामा साँझ ७ बजेको समयमा सडक मुनी फेला परेको पाँचथरका प्रहरी निरिक्षक अनिलकुमार पौडेलेले बताए। शीतल आइतबार अपरान्ह ४ बजे स्कूलबाट घर आएर घरको काम सकेर बाहिर निस्केको परिवारले जनाएको छ ।

हत्या कस्ले र किन गर्‍यो भन्ने खुलेको छैन् । यसबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

किशोरीकाे शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पाँचथरमा राखिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!