फाईल तस्वीर

झापा। झापास्थित महेन्द्र राजमार्गमा पर्ने कन्काई पुलमा अज्ञात समूहले राखेको बम नेपाली सेनाले डिस्पोज गरेको छ। कन्काई पुलको पूर्वी भागमा राखेको बम नेपाली सेनाको २१ नम्बर बाहिनीको टोलीले आइतबार बिहान डिस्पोज गरेको हो।

पुलमा प्रेसरकुकर बम राखिएको प्रहरीले बताएको छ। पुलको छेउमा बम भेटिएपछि केहीबेर सवारी साधन अवरोध भएका थिए।

Advertisement

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले बम राखेको हुन सक्ने प्रहरीको आशंका छ तर चन्दको नेकपामा घटनाबारे केही जानकारी दिएको छैन।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!